९ आश्विन २०८०, मंगलबार | September 26, 2023

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ



काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै उनले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए।

कर प्रणालीमा प्रभावकारी सुधार नभएको भन्दै यसरी राष्ट्रिय पुँजीको विकास हुन नसक्ने उनको जिकिर थियो । मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न बजेटले आवश्यक विषय समेटन नसकेको दाबी गर्दै पुँजीगत खर्च बढाउन नारा लेखेर मात्र नहुने र यसका लागि सार्वजनिक खरिद ऐन संशोधनको सांसद सुब्बाले सुझाव दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १ : ०९ बजे

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं। काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु