१० भदौ २०८३, बुधबार | August 26, 2026

२७८ जना कोरोना संक्रममित थपिए, संक्रमितको संख्या २,९१२ पुग्यो



काठमाडौं । विभिन्न जिल्लामा थप २ सय ७८ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितसहित देशभर कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको जानकारी दिनुभयो ।

संक्रमितमध्ये ३ सय ३३ जना उपचारपछि घर फर्किएका छन् भने ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ९१ जना दैलेखका छन् । थपिएका संक्रमितमध्ये ६४ जना महाबु गाउँपालिका र २७ जनामा दुल्लु नगरपालिकाको क्वारेन्टिनमा छन् । सुर्खेतमा दुई संक्रमित थपिएका छन् । पञ्चपुरी गाउँपालिका–१ का १८ वर्षीय र सिम्टाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना र जाजरकोटको भेरी नगरपालिका–१० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासीका २१ र ३२ वर्षीय पुरुष, अर्घाखाँची सितागंगाका ३६ वर्षीय पुरुष र पाल्पाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू सबै यशोधराका हुन् । संक्रमित हुनेमा ८ महिने बालक समेत छन् । रुपन्देही, सैनामैनाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक ४८ महिला हुन् भने ११ जना १८ देखि ५० वर्षका पुरुष हुन् ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ४ : ४० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त