६ बैशाख २०८३, आइतबार | April 19, 2026

गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । कास्कीमा कोरोना संक्रमण भएको ३ जना व्यक्ति भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमितहरुको जम्मा संख्या ७५ पुगेको छ ।

गण्डकी प्रदेशको कास्की संगै स्याङ्गजा, बागलुङ र नवलपुर जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेशमा शनिबार बिहान काेराेनाका १७ संक्रमित पुष्टि भएका छन् ।

स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

कास्कीको पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाका वर्ष २३ र ३२ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङजाको वालिङ नगरपालिका वर्ष १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ का पुरुष त्यस्तै हरिनास गाउँपालिकाका वर्ष १८ र ४० का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाग्लुङको ताराखोला गाउँपालिकाका वर्ष ३९ का एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका वर्ष १८, १९ र २७ का तीन जना पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरु लाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ५७ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका