५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना महामारीको नयाँ केन्द्र बन्यो ब्राजिल



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ६८ लाख ४४ हजार नाघेको छ । त्यस्तै मृतकको संख्या ३ लाख ९८ हजार नाघेको छ ।

यसै सन्दर्भमा हालै मात्र लकडाउन खोलेको मुलुक ब्राजिल कोरोना महामारीको नयाँ केन्द्र बनेको छ । पछिल्लो २४ घण्टामा १४७३ जनाको मृत्युसंगै ब्राजिलले ईटलीलाई पछि छाडेको छ ।

मृतकको तथ्यांक अनुसार ब्राजिल विश्वकै तेस्रो स्थानमा आइपुगेको छ । यहाँ हालसम्म ३५ हजार बढीको मृत्यु भैसकेको छ । त्यस्तै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार नाघेको छ ।

वोल्डोमिटरले जारी गरेको तथ्यांक अनुसार बढी मृत्यु हुने मुलुक अमेरिकामा १ लाख ११ हजार बढीले ज्यान गमाइसकेका छन भने दोस्रो स्थानमा रहेको ब्रिटेनमा ४० हजार बढीले ज्यान गुमाइसकेका छन ।

दिनानुदिन मृतकको संख्या बढ्दै गैरहेको मुलुक ब्राजिलमा हालसम्म गरिएको परीक्षण मध्ये ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिनु अर्को ठूलो समस्या बनेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता