१० भदौ २०८३, बुधबार | August 26, 2026

संक्रमण मुक्त नर्स र पत्रकार दम्पत्तीलाई छिमेकीको भब्य स्वागत



नेपालगन्ज । संक्रमितको सेवा गर्दा गर्दै आफैलाई संक्रमण भएर आइसोलेसनमा भर्ना भएका दम्पत्तीलाई छिमेकीले भब्य स्वागत गरेका छन् ।

खजुरा स्वास्थ्य कार्यालयमा कार्यरत स्टाफ नर्स लक्ष्मी केसी ओली गत जेठ ८ गते संक्रमितको सेवा गर्दा गर्दै आफै संक्रमित बनेकि थिईन् । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिवार र छिमेकीको समेत स्वाव परिक्षण गर्दा उनका श्रीमान पत्रकार मेघराज ओलीलाई पनि संक्रमण पुष्टी भएपछि दुबै सुशिल कोईराला क्यान्सर अस्पताल खजुरामा आइसोलेसनमा भर्ना भएका थिए ।

१४ दिनको अस्पताल बसाईसंगै कोरोना मुक्त भएर घर फर्केका ओली दम्पत्तीलाई उनका छिमेकीले भब्य स्वागत गरेका थिए । उनीहरु एम्बुलेन्समा उत्रिनु अघि नै छिमेकीहरु फुलमाला र खादा लिएर लामबद्ध भईसकेका थिए । घर प्रवेश गर्नुअघि फुलमाला र अबिरले रङ्गीएका उनीहरुलाई स्वागत र बधाई दिन पत्रकार महांसंघ बांकेका पदाधिकारीहरु समेत पुगेका थिए । छिमेकीको स्वागत पाएपछि स्टाफ नर्स केसीले आफुलाई अझै सेवा गर्ने हौसला बढेको बताएकी थिईन् ।

स्वास्थ्कर्मीको अझै सेवामा हौसला र आत्मबल बढाउन तथा आम जनमानसमा कोभिड १९ संक्रमित हुंदैमा आतंकित बन्नु पर्दैन भन्ने सन्देश दिन स्वागत गरिएको ओली दम्पत्तीका छिमेकी बिष्णु भुषालले बताए ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनका परिवारका अन्य सदस्यहरु सहित करीव ५० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ३१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त