२० मंसिर २०८२, शनिबार | December 6, 2025

संक्रमण मुक्त नर्स र पत्रकार दम्पत्तीलाई छिमेकीको भब्य स्वागत



नेपालगन्ज । संक्रमितको सेवा गर्दा गर्दै आफैलाई संक्रमण भएर आइसोलेसनमा भर्ना भएका दम्पत्तीलाई छिमेकीले भब्य स्वागत गरेका छन् ।

खजुरा स्वास्थ्य कार्यालयमा कार्यरत स्टाफ नर्स लक्ष्मी केसी ओली गत जेठ ८ गते संक्रमितको सेवा गर्दा गर्दै आफै संक्रमित बनेकि थिईन् । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिवार र छिमेकीको समेत स्वाव परिक्षण गर्दा उनका श्रीमान पत्रकार मेघराज ओलीलाई पनि संक्रमण पुष्टी भएपछि दुबै सुशिल कोईराला क्यान्सर अस्पताल खजुरामा आइसोलेसनमा भर्ना भएका थिए ।

१४ दिनको अस्पताल बसाईसंगै कोरोना मुक्त भएर घर फर्केका ओली दम्पत्तीलाई उनका छिमेकीले भब्य स्वागत गरेका थिए । उनीहरु एम्बुलेन्समा उत्रिनु अघि नै छिमेकीहरु फुलमाला र खादा लिएर लामबद्ध भईसकेका थिए । घर प्रवेश गर्नुअघि फुलमाला र अबिरले रङ्गीएका उनीहरुलाई स्वागत र बधाई दिन पत्रकार महांसंघ बांकेका पदाधिकारीहरु समेत पुगेका थिए । छिमेकीको स्वागत पाएपछि स्टाफ नर्स केसीले आफुलाई अझै सेवा गर्ने हौसला बढेको बताएकी थिईन् ।

स्वास्थ्कर्मीको अझै सेवामा हौसला र आत्मबल बढाउन तथा आम जनमानसमा कोभिड १९ संक्रमित हुंदैमा आतंकित बन्नु पर्दैन भन्ने सन्देश दिन स्वागत गरिएको ओली दम्पत्तीका छिमेकी बिष्णु भुषालले बताए ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनका परिवारका अन्य सदस्यहरु सहित करीव ५० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ३१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय