४ श्रावण २०८३, सोमबार | July 20, 2026

गण्डकी प्रदेशमा दिनदिनै संक्रमित बढ्दै, आइतबार बिहानै थपिए ३८ जना



पोखरा । कोरोना भाइरसको संक्रमण गण्डकी प्रदेशमा तिब्र गतिमा बढिरहेको छ । आइतबार बिहान गण्डकी प्रदेशको सामाजिक मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार ३८ जना संक्रमित थपिएका छन् ।

जसमध्ये, स्याङजामा १४, बागलुङमा १० जना थपिएका छन् । गोरखा जिल्लामा पहिलो पटक १० जना संक्रमित देखिएका छन् । यस्तै, नवलपरासी पूर्वमा ४ जना नयाँ संक्रमित देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङजाको वालिङ नगरपालिकाका २१ देखि ४९ वर्षसम्मका १३ जना पुरुष र भीरकोट नगरपालिकाका ४५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

विगत केही दिनदेखि कोरोना संक्रमित बढ्दै गएको बागलुङको बडिगाड गाउँपालिकामा २२ देखि ५२ वर्षका ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यिमध्ये एकजनाको उमेर खुल्न नसकेको विज्ञप्तिमा जनाइएको छ । यस्तै, ढोरपाटन नगरपालिका एक जना संक्रमित थपिएका छन् ।

उता, गोरखाको गण्डकी नगरपालिकाका २० देखि ४३ वर्षउमेरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पालुङटार नगरपालिकाका १७ वर्षीय एक युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका २० देखि ४५ वर्ष उमेरका चार जजना पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : १६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री