१८ चैत्र २०७९, शनिबार | April 1, 2023

आजको मौसम : देशका अधिकांश क्षेत्रमा बदली, मेगगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश २, प्रदेश १ र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरि गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक, दुई स्थानमा हल्का बर्षा वर्षा भैरहेको छ ।

आज दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली हुनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

प्रदेश १, बागमती प्रदेशका केही स्थान, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुइ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : २१ बजे

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको