२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नरैनापुरबासीको बिजुली बाल्ने सपना पूराहुदैं



बाँके । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकावासीको बिजुली बाल्ने धोको अब पूरा हुने भएको छ । बाइस वर्षदेखि हरेक निर्वाचनमा चुनावी नारा बन्दै आए पनि अहिले बन्दाबन्दी अवस्थामै नरैनापुरमा विद्युतीकरणले सार्थकता पाउँदै छ ।

एक जनाको ज्यान जानेगरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणमा सबै तहबाट पहल भई अहिले धमाधम विद्युतीकरणको काम भइरहेको छ ।

कोरोना महामारी फैलिएपछि बन्दाबन्दीमै शुरु भएको विद्युतीकरण अबको एक हप्ताभित्र सकिने भएको छ । अहिले नरैनापुर-४ नरैनापुरमा विद्युत्को तार जडान गर्ने काम भइरहेको छ । वडा १ कटकुइँयासम्म नै विद्युतीकरणको काम छिट्टै सकिने ठेकेदार कम्पनीका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिनुभयो ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित उक्त क्षेत्रका बासिन्दा एवम् पूर्वसंविधानसभा सदस्य दिनेशचन्द्र यादवले विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिँदै आएकाले त्यसलाई स्थगन गरी विद्युत प्राधिकरणलाई जिम्मा दिइएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको बताउनुभयो ।

विद्युतीकरणको स्थलगत अनुगमन गर्न नरैनापुर पुगेका नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री यादवले अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रसम्म मात्रै विद्युतीकरणका काम गर्ने तयारी भएकामा सिंचाइ, जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका महानिर्देशकसँगको आग्रहपछि नरैनापुर गाउँपालिकाभरि नै विद्युतीकरणको काम हुन थालेको बताउनुभयो ।

‘प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा पुर्‍याउन थालिएको विद्युतीकरणलाई अहिले त्यहीँ छाडियो भने अन्य दुई वडामा पु¥याउन पछि फेरि झण्झट हुन सक्छ’, उहाले भन्नुभयो, ‘त्यसैलै अहिले नै भारतको सीमासम्म सुइया बघौडामै विद्युतीकरणको काम गराउन लागिएको छ ।’

नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आएका थिए ।

विद्युत् नहुँदा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनमा समेत कठिनाइ भईरहेको बताउँदै अब भने विद्युत् आउनेमा आफु ढुक्क भएकोे गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाले विद्युत् आउनासाथ नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेशन अस्पताल बनाइने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : ५२ बजे

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु