४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

रोल्पा बम बिस्फोटबाट मृत्यु भएकाको परिवारबाट आन्दोलनको घोषणा



रोल्पा । गत बैशाख १८ गते रोलपाको त्रिवेणीमा बेवारीसे बम बिस्फोटमा परि मृत्यु भएकाको परिवार आन्दोलित भएकाछन् । बम बिस्फोटबाट मृतकको परिवारले राहत नपाएको र घटनाको निश्पक्ष छानवीन समेत नभएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

उनिहरूले आइतबार संघर्ष समिति गठन गर्दै स्थानीय त्रिवेणी गाउँपालिका कार्यालय रोल्पालाई ज्ञापनपत्र समेत बुझाएका छन् । घटनाका घटेको एक महिना सम्म पनि पिडितले न्याय नपाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

घटना लगत्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीले दिएको आश्वासन कार्यान्वयन नभएको भन्दै बुझाईएको ज्ञापन पत्रको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बुटवल, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रोल्पा लाई बोधार्थ दिइएको छ ।

यसअघि त्रिवेणी गाउँपालिका र वडा कार्यालयमा निवेदन दिए पनि पनि बेवास्ता गरिएकोले आन्दोलनमा उत्रिनु परेको उनिहरूले बताए ।

माओवादी सशस्त्र युद्धकालको बम विस्फोटवाट मृत्यु भएका बालबालिकाहरुलाई सामान्य गाडी दुर्घटनामा मृत्यु भएसरी व्यवहार गरिएको त्रिवेणी गाउँपालिका सदस्य गीता नेपालीले बताइन् ।

घटना भए लगत्तै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी स्वयं घटना स्थल पुगेर सत्यतथ्य पत्तालगाउने र पिडीतहरुलाई न्याय सहित क्षतिपुर्ती दिने आश्वासन दिएर फर्केका थिए ।

मृतक चार जनालाई बालसहिद घोषणा गर्नुपर्ने, अन्य सहिदले पाए सरहको सेवा सुविधा तथा अन्य क्षतिपूर्ति दिनुपर्ने, घटना जुनसुकै पक्षबाट भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकाको सार्वजनिक स्थलमा चारै जना बालबालिकाको शालिक सहित सहिद स्मारक बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रममा जेठ ३० गते धर्ना जुलुस गर्ने, असार ५ गते तालाबन्दी गर्ने र असार १० गतेदेखि अनसन बस्ने सम्मका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक कृष्ण नेपालीले बताए ।

घटना बारे छानविन गर्न समिति गठन भएको भनिए पनि अहिले सम्म समितिले स्थलगत अवलोकन समेत गरेको थाहा नपाएको नेपालीले बताए । छानबिनको सुस्तताले आफुहरुले न्याय पाउने कुरामा विश्वास घट्दै गएको उनले बताए ।

गत वैशाख १८ गते बेलुका रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँ गुज्रीखोला ठ्यामरबोटमा बेवारिसे बम बिस्फोट हुदा बाख्रा चराउन गएका १५ वर्षीय नोखिराम डागी, १३ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला केसी र ५ वर्षीय विजय केसीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : ३७ बजे

आइसिसी क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस