१७ बैशाख २०८२, बुधबार | April 30, 2025

एमसीसी बिरुद्व ६ दल एक ठांउमा, बुटवलमा प्रदर्शन र बिरोधसभा



बुटवल । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्दै सोमबार देशभर बिरोध प्रदर्शन गरिएको छ ।

एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै रुपन्देहीको बुटवलमा पनि ६ राजनितीकदलले प्रदर्शन गरेकाछन् । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले रुपन्देहीको बुटवलमा बिरोध गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोधी नारा लगाएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताउनु भयो । उहांले एमसीसी खारेज गर्नका लागि सरकारका बिरुद्व सशक्त प्रकारको आन्दोलन उठाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहांको तर्क छ । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए शिदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताउनु भयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : १७ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने