१६ श्रावण २०८३, शनिबार | August 2, 2026

एमसीसी बिरुद्व ६ दल एक ठांउमा, बुटवलमा प्रदर्शन र बिरोधसभा



बुटवल । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्दै सोमबार देशभर बिरोध प्रदर्शन गरिएको छ ।

एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै रुपन्देहीको बुटवलमा पनि ६ राजनितीकदलले प्रदर्शन गरेकाछन् । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले रुपन्देहीको बुटवलमा बिरोध गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरुले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोधी नारा लगाएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताउनु भयो । उहांले एमसीसी खारेज गर्नका लागि सरकारका बिरुद्व सशक्त प्रकारको आन्दोलन उठाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहांको तर्क छ । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए शिदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताउनु भयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : १७ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा