२९ असार २०८३, सोमबार | July 13, 2026

कोरोनाबाट मृत्यु भएको व्यक्तिको शव १९ घण्टापछि व्यवस्थापन



कास्की । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे निधन भएको उनको शव जातीय संस्कारअनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्क्रमितको शव ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा ११ फूलबारी र वडा २० का स्थानीयवासी विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झडप हुँदा वडा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइते भए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

फूलबारी तथा भलाम दुबैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अवरोध गर्ने र ढुङ्गामुढा गर्ने १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रहरीतर्फ पनि चार जना घाइते भएको बताइन्छ । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले बिहान वडा १५ स्थित हरियोखर्कमा खाडल तयार गर्न लागेकामा स्थानीयले एक्साभेटर फिर्ता पठाएका थिए ।

रिठ्ठाघाटमा व्यवस्थापनको तयारी गरिएपनि विरोध भएपछि लामो समय शव अस्पतालको आइसोलेसनमा राखिएको थियो । वडा ११ का वडाध्यक्ष बास्तोलाले शव व्यवस्थापनका लागि महानगरले वडासँग कुनै समन्वय नगरेको र एक्कासी यहाँ ल्याउने जानकारीपछि विरोध गरिएको बताउनुभयो ।

कोभिड–१९ का कारणले मृत्यु भएकाहरुको शव व्यवस्थापन कार्यविधि अनुसार शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको छ भने जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहले व्यवस्थापन स्थलको खोजी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ५ : ५३ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले