२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

रुपन्देहीमा ५ जनाको हत्या अभियोगमा १ जना पक्राउ (अपडेट)



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मा ५ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

तिलोत्तमा स्थित मैनहवामा कृष्ण पुनले सञ्चालन गरेको भैंसी फार्ममा काम गर्नेहरुको आज विहानीपख सामूहिक हत्या भएको थियो । सो हत्यामा संलग्न रहेको अभियोगमा सोही फार्ममा काम गर्ने झपेन्द्र सिजाली पक्राउ परेको प्रहरीले रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम बहादुर थापाले जानकारी दिनु भयो ।

मृतकहरु तिलोत्तमाका स्थानीय कामदारहरु रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा स्थानीय माधव मुसर, पोखराज मुसर, जानकी मुसर, करण चौधरी र आशिश चौधरी रहेका छन् ।

फार्म नजिकै बेहोस अवस्थामा रहेका सिजालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिंजालीलाई अस्पताल पठाईएको छ । प्रहरी चौकी मंगलापुरबाट पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ ।

सो घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : १२ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद