१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

रुपन्देही सामुहिक हत्याकाण्ड : पक्राउ परेका सिंजालीबाट हत्या गरेको स्वीकार



बुटवल । रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको सामूहिक हत्याकाण्डको अभियोगमा पक्राउ परेका झबेन्द्र सिंजालीले आफुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै भुसभित्र बेहोस अवस्थामा फेला परेका सिंजालीले अस्पतालबाट प्रहरीलाई दिएको प्रारम्भिक बयानमा हत्या गरेको स्विकार गरेको प्रहरी श्रोतले बताएको छ । घटनाको प्रकृतिबाट सिंजालीले नै हत्या गरेको पुष्टि गर्न सकिने रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताउनु भयो ।

बिहान अन्दाजी ३ बजेको समयमा तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको सामुहिक हत्या भएको थियो ।

हत्या गर्नुको कारण अझै पत्ता नलागेको प्रहरीले बताएको छ । लागु औषधको दुर्बेशनी समेत रहेका सिंजालीमाथि अनुसन्धान सुरु भएको एसपी थापाले बताउनु भयो ।

प्रहरीको नियन्त्रणमा लिंदा सिंजाली अचेत अवस्थामा थिए । स्थानीय क्रिमसन अस्पतालमा सिंजालीको उपचार भईरहेको छ ।

घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । मुसहर त्रय पशुफर्मका कामदार भएपनि करण र आशिष फार्मका कामदार नभएको स्थानीयले बताएकाछन् । चौधरी द्धयको फर्ममा आउने जाने भने चलिरहने उनीहरुले बताएकाछन् ।

घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । उता प्रदेश ५ प्रहरी कार्यालय दाङले पनि रुपन्देही हत्या काण्डको अनुसन्धान गर्न बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारको नेतृत्वमा टोलि खटाएको जनाएको छ । प्रहरी प्रदेश प्रमुख रबिन्द्रसिंह धानुकले एसएसपी बैदवारको नेतृत्वमा अनुसन्धान टोलि गठन गरेको जानकारी दिनु भयो ।

एसएसपी बैदवारले आफु बाटोमा भएको र घटनास्थल र पक्राउ परेका ब्यक्तको बयान पछिमात्र केहि भन्न सकिने जानकारी दिनु भयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ९ : ४५ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी