१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफलको प्रक्रिया सुरु हुँदै



काठमाडौं । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आजबाट संसदमा पक्रिया अघि बढ्ने भएको छ ।

प्रतिनिधिसभाको कार्यसूचि अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ विचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसपछि संसदको नियमित कार्यतालिका अनुसार संविधान संशोधन प्रस्तावमा सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ । यसपछि संसदमा छलफल भै विधेयक पास हुनेछ । प्रक्रिया अनुसार विधेयक पास हुन कम्तिमा पनि पाँच दिन लाग्ने देखिन्छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शालाई संवैधानिक रुपमा बैधानिकता दिन सरकाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

सरकारको प्रस्तावमा चित्त नबुझाएका राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी (हाल पार्टी एकीकरण भै जसपा बनिसकेको छ ) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तराई केन्द्रित ८ सांसदले समेत अलग अलग संविधान संशोधन विधेयक संसदमा दर्ता गराएका छन् । यद्यपी सरकारी विधेयक प्रक्रियामा गैसकेको छ ।

संसद अधिवेशनमा एउटै विषय समेटिएका दुई वटा विधेयक अघि बढ्न नसक्ने भएका कारण सरकारले दर्ता गराएको विधेयक मात्र अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १२ : ११ बजे

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव