१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपालगन्जका चिकित्सकहरुले गरे उपत्यका बाहिर कोरोना संक्रमितको पहिलो शल्यक्रिया



नेपालगञ्ज । काठमाडौ पाटन अस्पतालमा कोरोना संक्रमितको खुट्टाको शल्यक्रिया सफल भएसंगै काठमाण्डौ बाहिर नेपालगन्जमा पहिलो पटक चिकित्सकहरुले कोरोना संक्रमितको सफल शल्यक्रिया गरेका छन् ।

नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी एकजना कोरोना संक्रमित महिलाको आन्द्राको सफल शल्यक्रिया गरिएको छ । ८ महिनाकी गर्भवती महिलाको शल्यक्रिया गरिएको र हाल आमा र गर्भभित्रको बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अछामको बयलपाटा अस्पतालले रिफर गरेको २५ वर्षिय महिलालाई सोमबार कोहलपुर ल्याइएको थियो । भारतकोबाट फर्केर क्वारेन्टाईनमा बसेका उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पोजिटभ देखिएको थियो ।

संक्रमित महिलाको शल्यक्रियामा डा. प्रदिप थापा, डा. अनुप कार्की, डा. अनुप शर्मासहित ६ जना स्टार्फ नर्स र ६ जना सहयोगी गरि १४ जनाको टोली पचिालित भएका थिए ।

शल्यक्रिया सफल भएसंगै अस्पतालको व्यवस्थापनमा उपचारमा संलग्न चिकित्सक सहित सबै १४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अस्पतालमा उपचारत महिलामा संक्रमण पुष्टि भएपछि मङ्गलबार एक दिनका लागि अस्पतालको बहिरङ्ग सेवा र आपतकालिन सेवा बन्द गरिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : ११ बजे

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ