७ आश्विन २०८३, बुधबार | September 23, 2026

संविधान संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित



काठमाडौं । आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । मंगलबार कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न कानुनमन्त्री तुम्बाहाम्फे मार्फत संबिधान संशोधन बिधेयक बिचार गरियोस भन्ने प्रस्ताव सभामा प्रस्तु गर्नुभएको थियो ।

विधेयकलाई समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ पेस गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले बिधेयको पक्षमा समर्थन जनाएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : ५१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११