२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतबाट आउँदा नाकामा बेहोश भएका एक वृद्धको मृत्यु



कैलाली । भारतबाट फर्किएका एक वृद्धको मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किँदा बेहोस भएका डोटीको आदर्श गाउँपालिका-७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताउनुभयो ।

भारतको तमिलनाडुबाट फर्किएका उनी सीमा क्षेत्रमै बेहोस भएका थिए´ बोहराले भन्नुभयो `उपचारकै क्रममा साझ ६ बजे मृत्यु भएको हो । बोहराले विकमा दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या देखिएको बताउनुभयो ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताउनुभयो ।

कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट पनि नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : २५ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत