४ पुस २०८२, शुक्रबार | December 20, 2025

संकटको बेलामा भ्रष्टाचार गर्नेलाई कडा दण्डित गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संकटको बेलामा भ्रष्टाचार गर्नेहरुलाई कडा दण्डित गरिने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संकटको बेलामा कसैले भ्रष्टाचार गर्न खोज्छ भने त्यसलाई खोजी खोजी दण्डित गर्ने बताउनुभएको हो ।

सरकारले १० अर्ब रकम कता लग्यो भन्ने सुनिएको भन्दै ओलीले यस्तो बेलामा कसैले भ्रष्टाचरा गर्ला भनेर सोच्न नसकिने तर कहिँ कसैले तलमाथि गर्न खोजेको भए उसलाई कानुन बमोजिम कठघरामा उभ्याउने प्रष्ट पार्नुभयो ।

यतिबेला कोरोना भाइरसको संकटविरुद्ध लड्का लागि स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर गरिररहेको बताउँदै तत्काल केन्द्रले तल पठाएको रकमको फस्र्याैट नभएसकेको जिकिर गर्नुभयो । महालेखापरीक्षकले दिनदिनै लेखा परीक्षण गर्न नसक्ने बताउँदै उहाँले सबैतिर अविश्वास मात्र नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा लागेको कोरोना मध्ये भारतबाट आएकाहरुमा ८५ प्रतिशत रहेको बताउनुभयो । अन्य मुलुकबाट आएकाहरुमा भन्दा भारतबाट आउनेमै कोरोना संक्रमण बढेको भन्दै पिसिआर परीक्षण गर्न सरकालाई दबाब बढेको स्वीकार गर्नुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको