४ पुस २०८२, शुक्रबार | December 20, 2025

कर्णालीमा टिप्पर दुर्घटना, ४० भन्दाबढी बेपत्ता



सुर्खेत । कोरोना कहरबाट ज्यान जोगाउन घर फर्किएकाहरुलाई बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ ।

कालीकोट जिल्लाको राजकोट नगरपालिकाले भारतका विभिन्न ठाउँबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न दैलेखसँगको सीमा क्षेत्रबाट लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर आज बिहान कर्णाली नदिमा खसेको हो ।

४ जना हाम फालेर ज्यान जोगाएकाेे र ४० बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन स्थलमा लिएर जाँदै गरेको टिप्पर कालिकोटको राजकोट नगरपालिका क्षेत्रमा प्रवेश गरेलगत्तै दुर्घटनामा परेको हो । यात्रुलाई उद्धार गरेर लैजाँदै गरेको टिप्परमा करिब ४५ जना सवार रहेको बुझिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको