४ पुस २०८२, शुक्रबार | December 19, 2025

अर्घाखाँचीको क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु



अर्घाखाँची । मालारानी गाउँपालिका–४ खनमा रहेको सार्वजनिक आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ ।

भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरूषको बुधबार मृत्यु भएको हो । दम रोग पीडित उनलाई मंगलबार एम्बुलेन्सबाट उपचारका लागि बुटवल पठाइएको थियो ।

उपचार गरी फर्किंदै गर्दा अर्घाखाँचीको ठाडा कोन्द्रेखोलामा उनको मृत्यु भएको हो । उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि जेठ २३ गते प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको तर रिपोर्ट आइनसकेको जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले जानाकारी दिनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  २ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको