७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देही सामुहिक हत्याकाण्ड : मानसिक रुपमा बिक्षिप्त भएर सामुहिक हत्या गरे : प्रहरी



बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामुहिक हत्यामा संलग्न अभियुक्तले आफुलाई होच्याएको र अपहेलना गरेका कारण ५ जनाको हत्या आफैले गरेको बयान दिएको बयान दिएपनि घटनाको प्रकृतिले हत्याकाण्ड रहस्मय देखिएको छ ।

घटना भएको स्थान, घटनाको प्रकृति र स्थानीयबासिन्दाको भनाइका आधारमा घटनाको रहस्य खोतल्न आवश्यक रहेको देखिएको हो । ५ जनालाई लगातार फरुवा प्रहार गर्दा पनि कसैले चाल नपाउनु, घटनास्थलमा छरप्रष्ट नभएर एकै ठाउँमा मारेर तन्नाले छोपेको अवस्थामा शव भेटिनुबाट पनि घटनामा थप अनुसन्धान आवश्यक रहेको देखिएको छ ।

यद्यपी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियुक्तले हत्या सकारेको जानकारी दिएको छ ।

मारिएकाहरुले आफुलाई व्यक्तिगत आक्षेप लगाउने, एक्लो बनाउने र चरित्र हत्या समेत गर्ने गरेकाले विक्षिप्त भएर आफैले हत्या गरेको प्रहरीलाई बयान दिएको जनाएको छ ।

प्रहरीले श्रीमतीले छाडेपछि हत्यामा संलग्न भनिएका सुर्खेतका झसेन्द्रको मानसिक अवस्था कमजोर रहेको र विक्षिप्त भएको भनेपनि स्थानीयले भने उनी शान्त शोभावका धेरै नबोल्ने प्रकृतिका व्यक्ति भएको बताएकाछन् ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेत घर भएका झसेन्द्र सिंजालीलाई प्रहरीले घटनास्थलबाटै बेहोस अवस्थामा पक्राउ गरेको थियो ।

रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार स्थित एउटा पशुफर्ममा मंगलबार बिहान ५ जनाको सामुहिक हत्या भएको थियो । फरुवाले प्रहार गरि हत्या गरिएकाहरुमा पशुफर्मकै कामदार माधव मुसहर, पोखराज मुसहर, जानकी मुसहर तथा कामदार पोखराज मुसहरका साथी करण चौधरी र आशिश चौधरी रहेका थिए । मृतक माधव र जानकी श्रीमान श्रीमती हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले श्रीमतीले छाडेको र मृतकहरुले होच्याएको कारण विक्षिप्त भएर हत्या गरेको हुन सक्ने बताउनुभयो ।

घटनाको प्रकृति र मृतकहरुलाई नजिकबाट नियालिरहेका छिमेकीहरुले भने हत्यालाई रहस्मय बताएकाछन् ।

बेलुका सुत्ने बेलामा छुट्टै कोठामा सुतेका माधव मसुहर र उनकी श्रीमती जानकी मसुहरको समेत एकैस्थानमा हत्या भएपछि घटनालाई स्थानीयले रहश्यमय मानेका छन् । ५ जनालाई पालैपालो फरुवा प्रहार गरिरहँदा एक जनाले पनि थाहा नपाउनु पत्याउन नसकिने भएको नाम नबताउने सर्तमा एकजना स्थानीयले बताए । उनका अनुसार या त उनीहरुलाई बेहोस हुने बिष दिएर प्रहार गरिएको हुनु पर्छ या हत्यामा अन्यको पनि संलग्न हुनु पर्छ ।

प्रहरीले सबैले सँगै मदिरा सेवन गरेर सँगै सुतेको र राती सिंजालीले उठेर फरुवाले प्रहार गरेको बताए पनि अन्य पुरुषहरुसँगै लहरै श्रीमतीलाई सुताउने अवस्था कसैको पनि हुन नसक्ने स्थानीयको विश्लेषण छ ।

प्रदेश प्रहरी कार्यालयले घटना लगत्तै प्रदेश प्रहरी प्रवक्ता बैदवारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११