२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

यो वर्षको एसईई परीक्षा नहुने



काठमाडौं । सरकारले यसवर्षको एसईई परीक्षा नलिने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको सन्त्रासका कारण गत चैत्र ६ गतेबाट लिनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब यो बर्ष नहुने भएको हो।

मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरेर विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेको छ ।

विद्यालयहरूलाई क्वारेन्टिन स्थल बनाएका कारण अन्य कुनै पनि विकल्पमा तत्काल परीक्षा सम्भव नभएको निस्कर्ष सरकारले निकालेको हो ।

विद्यालयहरूले कक्षा १० मा लिएको आन्तरिक विद्यालयस्तरीय परीक्षाका आधारमा दिएको मूल्यांकन राष्ट्रिय परीक्षा बोर्डमा पठाएपछि त्यसैको आधारमा बोर्डले ग्रेड निर्धारण गर्नेछ । र बोर्डले त्यसकै आधारमा परीक्षाफल सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : ४० बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद