१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

उद्योगी यवसायी भन्छन् : लकडाउन मोडालिटी परिवर्तनले उद्योग व्यवसाय संचालनको वातावरण बन्यो



काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गते देखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् ।

उद्योगी व्यवसायीहरुले आफुहरुले दुई साता यता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताएका छन् । उनले भने, ‘आइतबारदेखि लकडाउन खुकुलो गर्ने भन्ने थियो तर हिजो क्याबिनेट बसेर हामीले सबै न्यजहरुमा सन्नपायौं कि अब सबै उद्योग व्यवसाय केही बाहेक सबै व्यवसाय पनि चल्ने, जोर बिजोर गरी गाडी पनि चल्ने, हामीले त ११ देखि साढे पाँच भनेका थियौं तर सबै ९ बजेसम्मै गरिदिएकोले यसमा हामी सरकारलाई आर्थिक गतिविधिलाई चलायमान गर्नलाई यो अलि खुकुलो बनायो हामी प्रशंसा, सराहनिय र स्वागत पनि गर्छौं ।’

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न दिएपछि स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने सम्बन्धमा सरकारले अनुगमन गरी सबैलाई सचेत गराउनुपर्ने बताए । सरकारले अर्थतन्त्र चलायमान बनाउन निर्णय गरे जसरी नै उद्योगी व्यवसायीलाई कर, बैंककको ब्याजदर, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा समेत अझबढी सहयोग गर्ने प्याकेज ल्याउने विश्वास उनले व्यक्त गरे । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट उद्योगी व्यवसायीका समस्या सम्बोधन हुनेमा आफु विश्वस्त रहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड १९ संक्रमण्को रोथामका लागि रेड जोन, यल्लोजोन र ग्रिन जोन क्षेत्र निर्धारण गरी सबै उद्योग व्यवसायलाई सञ्चालन गर्न दिनुपर्ने बताए । अध्यक्ष मोरले सरकारले पछिल्लो पटक गरेको निर्णय उद्योगी व्यवसायीको हितमा रहेको बताए।

उनले भने, ‘इकोनोमिलाई विभिन्न जोनहरु बनाएर हुन्छकी रेडजोन, ग्रिन जोन, यल्लोजोन ओरेन्ज जोन जस्तो बनाएर जहाँजाहाँ कम समस्याहरु छन त्यहाँ खुकुलो नगरिकना हामीकहा सुख छैन् भनेर हामीले विगतमा धेरैवटा कमिटिहरुमा, उत्तस्तरीय समन्वय समितमिा पनि हामीले कुरा राखेका थियौं । त्यसको फलस्वरुप नै हिजो बेलुका क्याबिनेटले निर्णय गरेर केही खुकुलो गरेको छ । अझ पनि के सुनेको छ भने तीनवटा चरणमा गर्ने पहिलो, दोस्रो र तेस्रो । अव त्यसमा जोर बिजोरको कुरा, पसलहरु खोल्ने कुरा आइसकेको छ । एउटा समय सान्दर्भिक हो र नेपाल उद्योग परिसंघले यसलाई धेरै सकारात्मक रुपले लिएको छ ।’

लकडाउन खुलेको एक साता भित्रमा सबै उद्योग व्यवसायीले सुरक्षाका सबै सावधानी अपनाई पूर्णरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने मोरको विश्वास छ ।। विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने उनको माग छ । अर्थतन्त्रलाई जोगाउनका लागि यातायात, होटल तथा आन्तरिक उडानहरुलाई पनि चलाउने तर्फ सरकारले ध्यान मोरले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : १६ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति