४ पुस २०८२, शुक्रबार | December 20, 2025

आन्तरिक मूल्यांकनका आधारमा एक महिनाभित्र एसईई नतिजा : शिक्षामन्त्री पोखरेल



काठमाडौं । विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनामा प्रकाशन हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताएका छन् ।

विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङनको विवरण पठाउनुपर्ने छ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने छ ।

विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ । यद्यपी महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने मन्त्री पोखरेलले बताए ।

अहिले तीन हजार भन्दा बढी विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको