५ पुस २०८२, शनिबार | December 20, 2025

भारतीयबाट नेपाली भूमिमै सशस्त्र प्रहरीमाथि आक्रमण, सर्लाहीको झडपमा एकजनाको मृत्यु



सर्लाही । भारतबाट जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्न खोज्दा सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

भारतीयले जवरजस्ती गर्दै प्रसशस्त्र हरीमाथि नै आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

तस्करी गर्न नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो । घटनामा भारतीय नागिरक दुई र सशस्त्र प्रहरीका तीन जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले बताउनुभयो । त्यसक्रममा बिहारको सितामढी लालवन्दीका लगन राम भन्ने व्यक्ति पक्राउ परेका छन् ।

शुक्रबार बिहान २०/२५ भारतीयहरु सशस्त्र प्रहरीको संग्रामपुरस्थित बीओपीमा आएर निहुँ खोजेका थिए । त्यसको केही बेरपछि ठूलो समुहमा आएका भारतीयसँग विवाद बढेको सशस्त्र प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १२ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको