६ बैशाख २०८३, आइतबार | April 19, 2026

नेपालमा पहिलो पटक भेन्टिलेटरमा राखिएका संक्रमित कोरोना मुक्त



बुटवल । नेपालमै पहिलो पटक भेन्टिलेटरमा उपचारत कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्केकाछन् । कपिलवस्तुबाट कोरोका संक्रमणका कारण सिकिस्त भएर बुटवल स्थित कोरोना बिशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित निको भएर घर फर्केका हुन् । कोरोनाका कारण भेन्टिलेटरमा बसेका संक्रमित निको भएको यो नै पहिलो घटना हो ।

कपिलवस्तुका २२ वर्षिय युवक बालगोपाल कहार १६ दिन पहिले सिकिस्त भएर कोरोना बिशेष अस्पताल ल्याईएको थियो । स्थानीय क्वारेन्टाइनमा सिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएका उनलाई कारोनाले च्यापेपछि जिल्लाको आइसोलसनबाट बुटवल ल्याईएको थियो ।

मधुमेहको समेत ग्रसित भएका कहारलाई १६ दिनको उपचार पछि भेन्टिलेटरबाट २ दिन अघि मुक्त गरिएको थियो । दोस्रो परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले आज उनलाई घर पठाएको हो । सुरुमा मधुमेह नियन्त्रण गरेर कोरोनाको उपचार गरेपछि उनी कोरोना मुक्त हुन सफल भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले बताए ।

उनलाई कोरोना बिशेष अस्पतालबाट मेसु डाक्टर खनाल सहित कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले फुल र खादा ओढाएर बिदा गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ४ : ५८ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा