७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालमा पहिलो पटक भेन्टिलेटरमा राखिएका संक्रमित कोरोना मुक्त



बुटवल । नेपालमै पहिलो पटक भेन्टिलेटरमा उपचारत कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्केकाछन् । कपिलवस्तुबाट कोरोका संक्रमणका कारण सिकिस्त भएर बुटवल स्थित कोरोना बिशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित निको भएर घर फर्केका हुन् । कोरोनाका कारण भेन्टिलेटरमा बसेका संक्रमित निको भएको यो नै पहिलो घटना हो ।

कपिलवस्तुका २२ वर्षिय युवक बालगोपाल कहार १६ दिन पहिले सिकिस्त भएर कोरोना बिशेष अस्पताल ल्याईएको थियो । स्थानीय क्वारेन्टाइनमा सिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएका उनलाई कारोनाले च्यापेपछि जिल्लाको आइसोलसनबाट बुटवल ल्याईएको थियो ।

मधुमेहको समेत ग्रसित भएका कहारलाई १६ दिनको उपचार पछि भेन्टिलेटरबाट २ दिन अघि मुक्त गरिएको थियो । दोस्रो परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले आज उनलाई घर पठाएको हो । सुरुमा मधुमेह नियन्त्रण गरेर कोरोनाको उपचार गरेपछि उनी कोरोना मुक्त हुन सफल भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले बताए ।

उनलाई कोरोना बिशेष अस्पतालबाट मेसु डाक्टर खनाल सहित कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले फुल र खादा ओढाएर बिदा गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ४ : ५८ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा