१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना महामारीको जोखिम हुनेगरी प्रदर्शनमा नउत्रिन सरकारको पुनः आग्रह



काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी फैलिँदै गरेको अवस्थामा सडकमा जुलुस र प्रदर्शन नगर्न पुनः आग्रह गरेकोछ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेको असामान्य अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्दै प्रदर्शनहरुमा सहभागी नबन्न आग्रह गरेकाछन् ।

लकडाउनलाई क्रमश? खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्र्ण भैसकेको परिप्रेक्षमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको कर्तव्य स्मरण गराउँदै पोखरेलले थोरै असावधानले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सम्बद्ध सबैमा आह्वान पनि गरेका छन्न ।

विभिन्न माग राखेर केही दिन यता सरकारविरुद्ध प्रदर्शन भैरहेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल बनेको, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको, पीसीआ टेष्ट नगरेको लगायतका विभिन्न माग राखेर सुरु भएको स्वतस्फुर्त प्रदर्शनलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेताहरुले समर्थन जनाएका छन् । यस्तै जनता समाजवादी पार्टी जसपा, साझा पार्टी र विवेकशील पार्टीले भने औपचारिक रुपमै समर्थन जनाएका छन् ।

सीसीएमसी संयोजक पोखरेलले शनिबार प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्शालाई नेपालको निशान छापमा समावेश गर्न संविधान संशोधनको निर्णय हुनलागेको स्मरण गराउँदै यस विशेष दिनलाई ऐतिहासिक बनाउन र स्वागत गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ४४ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,