२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

फेरि यी चार जिल्लामा ‘पूर्ण लकडाउन’



काठमाडौं । सरकारले विभिन्न चार जिल्लामा फेरि पूर्ण लकडाउन लगाउने भएको छ ।

एक्टिभ संक्रमितको संख्याका आधारमा पूर्ण लकडाउन लगाउने तयारी सरकारको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय भन्दा धेरै एक्टिभ भएका विभिन्न जिल्लामा पूर्ण लकडाउन गर्ने उल्लेख भएकाले अहिलेलाई चार जिल्लामा पूर्ण लकडाउन लाग्ने भएको छ ।

अन्य जिल्लामा खुकुलो लकडाउन रहे पनि अहिले २ सय भन्दा धेरै एक्टिभ संक्रमित भएका दैलेख, कपिलबस्तु, रौतहट र सर्लाहीमा पूर्ण लकडाउन लाग्ने भएको छ ।

मन्त्रालयका अनुसार दैलेखमा ४ सय ४३, कपिलबस्तुमा ३ सय ५३, रौतहटमा ५ सय १६ र सर्लाहीमा ४ सय ७१ जना एक्टिभ संक्रमित छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई सय भन्दा धेरै संक्रमित अन्य जिल्लामा पुगेमा ती जिल्लामा पनि पूर्ण लकडाउन लाग्ने बताउनुभयो ।

अर्को व्यवस्था नभएसम्मका लागि २ सय भन्दा धेरै एक्टिभ संक्रमित भएको ठाउँमा पूर्ण लकडाउन लाग्ने उहाको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४१ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद