५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लकडाउन कमजोर बनाएका देशलाई डब्लुएचओको चेतावनी, ‘महामारीको दोस्रो लहरका लागि तयार होऊ’



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको चेतावनी दिएको छ ।

डब्लूएचओले केही देशमा लकडाउन र सामाजिक दूरीलगायतमा गरिएको लापरवाहीका कारण कोरोना संक्रमण पुनः देखिन लागेको भन्दै दोस्रो लहरबाट वच्न देशहरुलाई चेतावनी दिएको हो ।

कोरोनामा केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दा दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको डब्लूएचओले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा‍. टेड्रोस एडहनम ग्रेबियससले कोरोनासँगको लडाइँ नसकिएको बताउँदै भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भने, अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेका छन्, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ। त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि कमजोर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ।’ यसको एउटा कारण केही देशले लकडाउनलगायत प्रतिबन्ध हटाउनु रहेको उनको निस्कर्ष छ ।

डा. रायले भनेका छन्, ‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन्। युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन्।’

कोरोनामा धेरै नै नियन्त्रण गरेर स्वेत पत्र जारी गरेको चीनको राजधानी बेइजिङमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएका छन् । त्यसपछि बेइजिङका ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएका छन्। प्रशासनले प्राथमिक स्कुल नखोल्न पनि निर्देशन दिएको छ ।

यस्तै, दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ।

यसैगरी, अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीव्र बनेपछि अस्पतालका बेड भरिन थालेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : २५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं