३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

राहत लिएर पुगे भैरहवाका व्यवसायीे अंगीरा पासिको घर



भैरहवा । रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ११ मा हत्या गरिएको भनिएकी अंगीरा पासीको परिवारलाई रुपन्देहीका ब्यावसायी तथा समाजसेवीहरुले घरमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

प्रेम सम्बन्ध पछि हत्या गरि झुंण्ड्याएर राखिएको भनीएको पीडित घरपरिवारलाई दैनिक उपभोग्य सामाग्री दिइएको दलित अधिकार मंच रुपन्देहीका उपाध्यक्ष धु्रव लाम्गादेले घटनाका पिडीतहरुलाई कुनै पनि हालतमा कानुनी न्याय दिलाउन आफुहरु लागेको बताए । नेपाल सुनचादी यवसायीे संघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेञ्चुरीले यो घटना आत्म हत्या नभई हत्या नै भएको बताउँदै घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने बताए । यो समस्या परिवारको मात्रै नभएर दलित अधिकारकर्मीहरुको समेत समस्या भएको उनले बताए ।

राप्रपाका नेता अजय गुप्ताले दलितको हिसाबले अपहेलना गरेर मृत्युवरण हुन पर्ने बाध्य पार्ने कानुनी राज्यमा हुनुहुँदैन । सबै नेपाली हो जात धर्मको नाममा बिभेद गर्न पाइंदैन । रुकुम वा रुपन्देही यि दुवै गलत छन् । सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । दोषिलाई कडा बारबाही हुनु पर्छ अब छुवाछुतका रुपमा यस्तो घटना नघटोस एउटा नजिर बसोस रुपन्देहीमा यसरी कारबाही गरियो भन्ने उनले भने ।

समाजवादी पार्टी रुपन्देही सिद्धार्थनगरका अध्यक्ष अर्जुन जैसवालले दलित भनेर मानवलाई मानवको ब्यवहार गर्नुपर्ने बताए । दोषिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । अंगिरा पासिको परिवारलाई घरमा पुगि सिद्धार्थ नगर सुनचाँदी ब्यवसायी संघबाट दश हजार राष्ट्रिय प्रजातान्त्रीकका नेता अजय गुप्ताबाट नगद दश हजार, समाजबादी सिद्धार्थनगरका अध्यक्ष अर्जुन जयसवालबाट पाँचहजार बराबरको खाद्यान्न सामाग्री बितरण गरिएको किस्मत बिकेले बताए ।

जेठ ९ गते उनको बलत्कार भएको थियो स्थानिय बिरेन्द भरले उनलाई शुक्रबार राति करिब ११ बजे घरको नजिक बलत्कार गरेको र राति नै गाउँले थाहा पाए पछि भोलि बिहान १० बजे गाउँ समाजको बैठकले बलत्कार गर्ने भरलाई नै केटिको हात दिने काम गरेको तर केटाको आमाले सानो जातको केटिलाई कुनै मानेमा स्वीकार नगरेको र दिउँसो २ बजे केटाले केटिलाई घरमा लिएर जाँदा केटाको आमाले दुबैलाई पिटेर लखेटो केही घन्टामा केटि दुखद मृत्युु भएको थियो ।

राहतको रकम र खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै सामाजसेवी किस्मत बिकले घटना ज्यादै दुखद भएको र पिडित स्वं अगिरा पासिको परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले नै विभिन्न समाजिक संघ सस्था संग अनुरोध गरि सहयोग गरिएको बताए ।

उनले घटनाका पिडितहरूलाई कुनै पनि हालतमा कानुनि न्याय दिलाउन आफुहरू लागेको जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ०६ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने