१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आजदेखि मगर समुदायमा भुम्या पर्व सुरु, लकडाउनका कारण न मेला न नाचगान



काठमाडौं । मगर सुमदायको नयां वर्ष ल्होछार पछिको सबैभन्दा ठुलो पर्व भुम्या पर्व आजबाट सुरु हुंदैछ । ५ दिनसम्म नाचगान गर्दै मनाईने यो पर्व प्रकृति र वाताबरणसंग जोडिएको महत्वपुर्ण पर्वकारुपमा रहंदै आएको छ ।

मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा हरेकवर्ष बिभिन्न कार्यक्रम गरि पर्व मनाईने गरेपनि कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा यस वर्ष समुदायले ठुला कार्यक्रमहरुको आयोजना गरेका छैनन् ।

भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छ। यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास गरिन्छ। भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ। भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ।

मुख्यगरी रोल्पा, रुकुम तथा मध्यपश्चिम क्षेत्रमा बसोवास गर्ने खाम÷पाङ मगर भाषा बोल्ने मगर जातिले मुख्य पर्वको रुपमा भुम्या मनाउने गर्छन् ।

के हो भूम्या ?
अथार मगरात क्षेत्रमा बसोबास गर्ने खाम मगर बोल्ने मगर समुदायले परापुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड हो । मगर समुदाय भुमिलाई आफ्नो देवताको रुपमा मान्छन् । र यो भुम्या पर्व पनि भुमीलाई पुजा गर्नु हो । मगर समुदायको कर्मथलो कविलायुगदेखी नै प्रायः घरभन्दा बाहिर प्रकृतिसंगको सामिप्यतामा बढी हुने गरेको पाईन्छ । त्यस अवसरमा हरेक वर्षको आषाढ महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकुलता अनुसार भेला हुने र उक्त भेलालाई वार्षिक जनगणनाको रुपमा पनि लिने परम्परा रहंदै आएको छ । भुम्या पुजाका अवसरमा हुने भेलामा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरिया काज समेत गरिदिने गरेको समुदायमा परम्परा रहेको छ ।

पुजापाठ संगसंगै २२ चालमा नाँच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमी र भूमी देवतालाई पूजा गरेर मातृभुमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । साथै यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवको रुपमा पनि लिने काम गर्दछ । यो पर्वको अवसरमा गाउँका भद्र भलाद्मीहरु बसेर गाउँको जनप्रतिनिधि चयन गर्ने चलन समेत रहेको छ । लोपोन्मुख चलन भएपनि केही ठाउँमा अगुवा चुन्ने चलन कायमै रहेको छ । भूम्या पर्व मगर जातिले सञ्चालन गरेको ऐतिहासिक अथार, बाह्र राज्यसत्ताहरुसंग समेत सम्बन्ध रहेको मगर गाउँका बुढापाकाहरु बताउँछन् ।

मनाईने शैली र किम्वदन्ती

मगर समुदाय पहाडी आदिवासी जनजाति हुन् । यिनीहरुको बसोबास पहाडी क्षेत्रमा हुने र भौगोलिक विकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैवी विपत्ति बढी हुने हुनाले भूमिका पुजारी मगर समुदायले त्यसको रोकथामका लागि भूम्या पर्व मनाउन सुरु गरेको भनाई रहेको छ । यस पर्व अथार मगरात क्षेत्रमा खाम बोल्ने मगर समुदायले निकै लामो समयदेखी मनाउँदै आएका छन् । बिशेष गरेर राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाईने भूम्या पर्वको तयारी एक महिना अगाडीबाट नै गर्ने चलन रहेको छ । भूमे मनाउने बिभिन्न बिधि र प्रक्रियाहरु रहेका छन् ।

भुम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ । नोगोपोमा अग्रज बुढापाकाहरुद्वारा भूम्या पर्वको उद्घाटन भैसकेपछि गाउँभरीका तरुनातन्नेरीहरु गाउँका केही अग्रज बुढापाकाहरु सहित बाजागाजा बजाउँदै २०र२५ जना देखि ४०र४५ जना सम्मको समुह ३५ हजार देखि ५ हजार सम्मको उचाईमा बुकीको फूल टिप्न जान्छन् । जेठ महिनाको मसान्तको पहिलो दिन गाउँमा भूम्याको उद्घाटन गरिसकेपछि बुकी फूल टिप्न जाने समुह दिउँसो ३र४ बजेतिर बुकी तिर जाने गर्छन् । केही गाउँका अग्रजहरुको साथ गएको उक्त समुह बाटोभरी नाचगान गदै बाजागाजा सहित नास्ता पानी गर्दै जाने गर्छ ।

फूल टिप्न जाने युवतीहरु मगर भेषभुषा छिट्को गुन्यु, मखमलको चोलो, गादो (भाङग्रो), पहेलो पटुकी, पुराना चाँदीका गहना, पहेलो, हरियो पोते चुरामा चिटिक्क परेका हुन्छन् भने युवाहरु मखमलको भोटो, घरमै भेडा तथा भाङ्गोबाट तयार पारेको कछाड, घरमै तयार पारेको पटुकी बाँधेर छड्के खकुरी भिरेर चिटिक्कै परेका हुँन्छन् । संगसंगै केटाहरुले भेडाको ऊनबाट तयार पारेको भोटो ओढेका हुँन्छन् भने युवतिहरु घरमा ऊनबाट तयार पारेको झोलाभरी घरमा बनाएका कोसेलीहरु बोकेर जाने गर्छन् । बुकी जाँदा लामो उकाली यात्रालाई सहज बनाउनका लागी युवायुवतीहरुले गीत गाउँदै रमाईलो गर्ने गर्छन् ।

गाउँको सबैभन्दा अग्लो उचाई ४ देखि ५ हजार मिटर अग्लो स्थानमा बुकीको फूल टिप्न जाने गरिन्छ । उक्त कामलाई मगर भाषामा नोगो जाने पनि भन्ने गरिन्छ । नोगोपोमा निकै चिसो हुने र पानी समेत नपाईने हुनाले गाउँका युवतीहरुले घरबाटै पानी, अर्नी पानी ९नास्ता खानेकुरा० लिएर गएका हुन्छन् । सगुन स्वरुप जाँड, रक्सी पनि लग्ने गरिन्छ । नोगोपो जाने क्रममा संगै गएका दमाई थरका बाजा बजाउने कलाकारले उकालोभरी नै बाजा बजाएर मनोरन्जन गर्छन् ।

नोगोपो जाँने क्रममा एकै दिनमा पुग्न नसकिने भएका कारण सबैजना आधा बाटोमा रहेको गोठमा बास बस्ने गरिन्छ । बाटोमा रहेको उक्त गोठ सानो भएका कारण गाउँबाट गएको सबै समुहलाई बस्न ठाउँ सानो हुन्छ । त्यसकारण युवाहरु खुला आकाशमुनि रमाईलो गर्दै बस्छन् । चिसो कम गर्नका लागि सबै जना आगो बालेर आगो ताप्दै रात काट्ने गर्छन् । यसैगरी घरबाट लगेका रोटी, अचार लगायतका खानेकुरा सबैले मिलेर बाँडीचुडी गरी खाने गर्छन ।

बुकीमा चिसो लाग्छ भनेर लसुन, टिमुरको अचार बनाएर लैजाने गरिन्छ । रात काट्न सहज बनाउनका लागी बुढापाकाहरु यानीमाया गीत गाएर रमाईलो गर्ने गर्दछन् भने युवायुवतीहरु गित गाउने तथा नाचगान गरेर रमाईलो गर्ने गर्दछन् । उक्त समयमा नागोपोमा बिशेषगरी युवायुवती मात्र जाने भएको हुँनाले त्यही समयमा नै युवायुवतीको बिचमा माया बसेर बिवाह समेत गर्ने प्रचलन रहेको छ । रातभर रमाईलो गरेर रात काटिसकेपछी बिहानै ४ बजे सबैजना उठेर उचाईमा पाईने रंगिबिरंगी बुकीको फूल टिप्नका लागि सबैभन्दा उचाईमा रहेको स्थानमा जाने गर्छन । फूल टिप्ने क्रममा लाइन लागेर रमाईलो किसिमले पनि टिप्ने गरिन्छ । स्पटमा अलि अप्ठ्यारो ठाउँमा मात्र फूल पाईने हुनाले कस्ले बढी टिप्न सक्छ भनेर प्रतिस्पर्धा समेत हुने गर्छ । तर फूल भने अलि भिर भएको ठाउँमा मात्र पाईने हुँदा युवायुवती मात्र फूल टिप्ने गर्छन् भने बुढापाकाहरु फूल टिपिसकेपछी आएर गरिने बिधि, पुजाआजाको तयारी गर्ने गर्छन् ।

पन्थौली
नोगोपो जानेहरुले जाने, फर्किने क्रममा ठाउँ–ठाउँमा बसेर सल्लाको हाँगा काटेर मुर्ला बनाउने, त्यसमा धजा टङ्गाउने, अक्षता, ढुङ्गा, सक्क क्षेत्रमा फाल्ने काम गरिन्छ । त्यसठाउँमा सबैले थकाई मार्ने अर्निपानी खाने काम पनी गर्दछन् । फूल टिप्न जाने क्रममा धेरै ठाउँमा पन्थ्यौली बनाउँदै जाने चलन रहेको छ । त्यस ठाउँमा बाजा बजाउँदै नाचगान गर्ने चलन समेत रहेको छ । यो क्रम जाने आउने दुबै समयमा गर्ने गरिन्छ ।

न्याहो गित
बुकीको फूल टिपेर फर्कने क्रममा बाटोमा महिलाहरुले न्याउली चराको भाकामा गित गाउँदै फर्किने चलन रहेको छ । गित गाउँदै गाउँतिर फर्कदा गित गाउँदै रमाईलो गर्ने र बाटो काट्न पनी सजिलो हुँने हुँनाले यो गित गाउँने गरिन्छ । न्याहो गित गाउँदै बाटोभरी पन्थ्यौली बनाउँदै जेठको मसान्तको दिनमा साँझपख गाउँमा फर्किने गरिन्छ ।

गाउँमा रहेका अन्य गाउँलेहरु नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुँन्छन् । नाचगान तथा मेलाका लागी गाउँमा तयार पारिएको स्थानमा सबैजना नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुन्छन् ।

२२ चालको नाँच
असार १ गते भुम्या थानमा भूम्या देवतालाई बलि दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाँच नाच्ने गरिन्छ । गाउँभरीका सम्पुर्ण महिला पुरुष, केटाकेटी, युवायुवती, बुढाबुढी सबै भूम्या नाच्ने ठाउँमा जम्मा हुन्छन् । अनि प्रत्येक दिन पाँच दिनसम्म दमाहा, झ्याली, सहनाई लगायतको बाजाको तालमा भूमि देवतालाई पुग्दै नाच्ने गर्दछन् । अथार मगरात क्षेत्रको मगर समुदायमा प्रचलित भेषभुषा महिलाहरुले मखमलको चोलो, छिट्को लुङ्गी, पहेलो पटुकी, मखमल तथा घरमै भाङ्गोद्वारा तयार पारिएको भाङ्ग्रो ९गादा०, नाक, कान, घाटीमा चाँदि तथा सुनका बिभिन्न गहनाहरु, मुङ्गा एवं पोतेका मालाहरु लगाएर हरियो, रातो, पहेंलो बिभिन्न रंगका पछ्यौरामा चिटिक्क परेका हुन्छन् भने पूरुषहरु घरमा तयार पारिएको घरेलु कपडाको छड्के, मखमलको भोटो घरमै तयार पारेको पटुकी, शिरमा टोपी, खुट्टामा पाइजामा, कम्मरमा खुकुरी भिरेर चिटिक्क परेर नाच्ने गरिन्छ ।

भुम्या पर्व सांस्कृतिकरुपमा जति महत्व छ त्यती नै प्रकृतिक रुपमा पनि महत्व छ । यस्ता पर्वले आपसको सम्बन्ध भातृत्व कायम गर्न मद्धत पुग्ने प्रदेश ५ प्रदेशसभाका सभामुख पुर्ण घर्ती बताउंछन् । उनले भुम्या पर्वका अवसरमा शुभकामना दिंदै समुदायको संस्कृति र पर्वले नेपालीको महिचान समेत स्थापित गर्ने भन्दै यसको संरक्षण सम्बर्धन गर्ने सबैको कर्तब्य भएको बताए ।

भुम्या पर्वकोअवसरमा रोल्पाको थवाङमा ऐतिहासिक मेला समेत लाग्ने गर्दथ्यो भने मगर बाहुल्य रहेका नेपालका बिभिन्न जिल्लाहरुमा मेला भर्ने चलन समेत रहंदै आएको थियो ।फोटो

सौजन्य देविका घर्ती मगर

सन्दर्भ श्रोत देविका घर्तीमगर

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ०८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले