३१ भदौ २०८३, बुधबार | September 16, 2026

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति भएको छ ।

दुवै नेताबीच विभिन्न चरणमा भएको छलफलपछि गएराति एकताको सहमति जुटेको बताइएको छ । सहमतिअनुसार सुदन किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने जनाइएको छ ।

एकतासम्बन्धी औपचारिक जानकारी आज दिउँसो ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने सुदन किरातीका सहयोगी हेमन्त किरातीले जानकारी दिए ।

दुवै पक्षबीच वैचारिक तथा सैद्धान्तिक विषयमा थप छलफल भने जारी रहेको बताइएको छ ।

पूर्व माओवादी नेता रहेका किराती नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनपछि भने उनले गत फागुन २१ गते प्रलोपाको साधारण सदस्यता त्यागेका थिए । त्यतिबेला उनी पार्टीको पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्यसमेत रहेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : ५९ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।