२१ आश्विन २०८३, बुधबार | October 7, 2026

रुकुम पश्चिम घटनामा मृतकको परिवारलाई १० लाख र घाइतेको निशुल्क उपचारगर्न गृहको सिफारिस



काठमाडौँ । पश्चिम रुकुम घटनामा मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ ।

गृहले मन्त्रिपरिषदलाई गरेको प्रस्तावमा राहत स्वरुप १० लाख सहित घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनिपनि रहेको छ । गृहको प्रस्ताव मन्त्रिपरिषद्‍बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ ।

रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको बताईएको छ ।

गत जेठ १० गते राति रुकुम पश्चिम (सोती)मा प्रमिका भगाउन पुगेका नवराज बिक सहित गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बूढा, सन्दीप बिक र तथा चौरजहारीका टिकाराम सुनारको गाउँलेको कुटाइबाट मृत्यु भएको थियो । मारिएका सबैको भेरी नदीमा शव भेटिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ३४ जनाविरुद्ध आइतबार रुकुम जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अदालतले प्रमिका भनिएकी नाबालिक भएको भन्दै सुधार गृहमा पठाउन आदेश दिएको छ भने अन्यलाई हिसासतमा राखेर अनुसन्धान गर्न भनेको छ । आरोपितमध्ये ५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

कुटाइबाट जाजरकोटका अन्य १२ जना युवा घाइते भएका थिए । घटनालगत्तै गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत र घाइतेलाई क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गरिएको हो ।

जातीय बिभेद भएको भन्दै घटनाका बिषयलाई लिएर दलित संघ संस्थाहरुको अगुवाईमा देशका बिभिन्न भागमा प्रदर्शन र बिरोध कार्यक्रम गर्दै आएकाछन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ०१ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द