४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिद्धबाबा दुर्घटनाको घाईतेलाई काठमाडौं रिफर गरियो, २ जनाको अवस्था गम्भिर



बुटवल । पाल्पाको दोभानबाट बुटवल तर्फ आईरहेको इसुजु डबलक्याप जिप दुर्घटनामा परेका ५ घाईतेहरुलाई काठमाडौं रिफर गरिएको छ । ६ जना घाईते मध्य २ जनाको अवस्था चिन्ताजनक र अन्यको पनि थप उपचार आवश्यक परेको भन्दै उनीहरुलाई काठमाडौं रिफर गरिएको लुम्बिनी प्रादेशीक अस्पतालले जनाएको छ ।

दोभान बाट बुटवल तर्फ आउंदै गरेको प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको जिप सिद्धबाबा मन्दिर देखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो ।

घाइतेहरुहरुमा दया पाण्डे, नन्दु बस्यालको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । घाईते शिव पाण्डे, बालकृष्ण बस्याल र बिनोद बस्याललाई पनि काठमाडौं रिफर गरिएको छ । अर्का घाईते कृष्ण बस्यालको भने लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भईरहेको छ ।

२ दिन पहिले पनि सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको हेडबक्स नजिकै एउटा टेक्सी तिनाउमा खास्दा एकजना घाईते भएका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको