२ पुस २०८२, बुधबार | December 18, 2025

सशस्त्र प्रहरीका आईजी भारतबाट अतिक्रमित सिमा निरिक्षण गर्न दार्चुला जांदै



काठमाडौं । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रमुख आइजी शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको सिमा आसपासको सुरक्षा पोष्टको निरिक्षण गर्न आज दार्चुला जाने भएकाछन् ।

बुधवार बिहान हेलिकप्टरबाट उनी दार्चुला जान लागेको सशस्त्र प्रहरीले जनाएको छ । सरकारको सिमा सुरक्षामा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय संगै गत बैशाख ३१ गते कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा बीओपी राखिएको हो।

आइजी खनालले सिमामा तैनाथ नयाँ बीओपीको निरीक्षण गर्न जान लागेको गृहमन्त्रालय स्रोतले पुष्टि गरेको छ । विगतमा ५८ जिल्लामा मात्र सशस्त्र प्रहरीको पहुंच भएकोमा अहिले सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा पु¥याईएको छ ।

२०७४ सालको अन्त्यसम्म ८७ वटामा सिमीत रहेको बिओपीलाई हाल १ सय ३० स्थानमा सञ्चालनमा ल्याइएको छ। सशस्त्रले बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजना बनाएको छ । सशस्त्रले यसै आर्थिक वर्षमा उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेर्चुङ्गमा नयाँ बीओपी स्थापना गरेको छ । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी बिस्तार गर्ने तयारी भै रहेको सशस्त्र स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल