१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपाली सेनाका प्रधानसेनापति थापा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको सिमा निरिक्षणमा



काठमाडौँ । भारतीय सेना प्रमुखले कालापानी, लिपुलेक र लिम्पियाधुराका बिषयमा विवादित अभिब्यक्ति दिंदा पनि मौन बसेको आरोप खेपेका नेपाली सेनाका चिफ प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल समेतलाई साथमा लिएर भारतले अतिक्रमण गरेको कालापानी नजिकको सिमा निरिक्षणमा निस्केकाछन् ।

प्रधानसेनापति थापा र आईजी खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारले गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो । दुवै युनिट निरक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजी खनाल आज बिहान त्यसतर्फ प्रस्थान गरेकाछन् ।

काठमाडौंबाट स्काई ट्रकबाट धनगढीसम्म पुगेका उनीहरुधनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता बिज्ञानराज पाण्डेले बताए । पाण्डेका अनुसार दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्थाबारे जिल्लाका उच्च अधिकारीहरुसंग जानकारी लिने कार्यक्रम रहेको छ ।

भारतले सीमा अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ भने सशस्त्रले यसै आर्थिक वर्षमा उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेर्चुङ्गमा नयाँ बीओपी स्थापना गरेको छ । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी बिस्तार गर्ने तयारी भै रहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै नेपाल–चीन व्यापारिक नाका तिंकर भञ्ज्याङमा सशस्त्रको बीओपी स्थापना गर्ने पनि तयारी छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ५८ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली