१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

गुल्मीमा एक नाबालकसहित ५९ कोरोना संक्रमित



गुल्मी । गुल्मीमा एक वर्षका नाबालकसहित कोरोनाबाट सङ्क्रमित ५९ जना पुगेका छन् ।

कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने ६० पुग्न लागेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीयमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टिनमा बसिरहेका छन् । नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबाार आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताए ।

गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टिनमा राखेको थियो । उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए ।

जिल्लामा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४० बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा