१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सरकारले घरभाडा छुट गराउन बेवास्ता गरेपछि ब्यवसायी आफैले थाले घरधनीहरुसंग वार्ता



नेपालगञ्ज । सरकारले लकडाउन अवधिको घरभाडा नलिन घरधनीहरुलाई आह्वान गरेपनि कसैले नटेरेपछि नेपालगन्ज उद्योग बाणिज्य संघले आफै घरधनीहरुसंग सम्बाद सुरु गरेको छ ।

लकडाउन अवधिको घरभाडा मिनाहा वा छुट गर्न आह्वान गर्दै संघले बिज्ञप्ति मार्फत सार्वजनिक अपील गरेको छ । संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा बुधवार जारी बिज्ञप्तीमा कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरभाडा छुटको स्वघोषणा गर्न घरधनीहरुसंग माग गरिएको हो ।

संघले सार्वजनिक अपीलसँगै घरभाडा छुटका लागि आन्तरिकरुपमा घरधनीसँग छलफलसमेत चलाएको संघले जनाएको छ । आन्तरिकरुपमा केहि घरधनीहरुसंग सम्बाद गर्दै भाडा छुट वा मिनाहाका लागि आग्रह गरिएको संघका माहासचिव चिरन्जिबी ओलीले जानकारी दिए ।

संघले प्रकाशित गरेको बिज्ञप्तीमा विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण क्षेत्र अस्त व्यस्त बनेको उल्लेख छ । सरकारले भाडा छुटका लागि घरधनीलाई अपिल गरेपनि कार्यान्वयन हन नसकेको विज्ञप्तिमा भनिएको छ ।

संघले चलाएको अनौपचारीक बार्तामा कतिपय घरधनीहरुले ४० देखि ६० प्रतिशत सम्म घरभाडा छुट दिने आश्वासन दिएको महासचिव ओलीले बताए । संघका तर्फबाट विभिन्न निकायमा बैंक ब्याज, घर बहाल कर लगायत सहुलियत तथा छुटका पहल गरिएको उनले भने ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ३८ बजे

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु