४ पुस २०८२, शुक्रबार | December 19, 2025

सरकारले घरभाडा छुट गराउन बेवास्ता गरेपछि ब्यवसायी आफैले थाले घरधनीहरुसंग वार्ता



नेपालगञ्ज । सरकारले लकडाउन अवधिको घरभाडा नलिन घरधनीहरुलाई आह्वान गरेपनि कसैले नटेरेपछि नेपालगन्ज उद्योग बाणिज्य संघले आफै घरधनीहरुसंग सम्बाद सुरु गरेको छ ।

लकडाउन अवधिको घरभाडा मिनाहा वा छुट गर्न आह्वान गर्दै संघले बिज्ञप्ति मार्फत सार्वजनिक अपील गरेको छ । संघका तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा बुधवार जारी बिज्ञप्तीमा कोरोनाका कारण थलिएको उद्योग, व्यवसाय क्षेत्रलाई उठाउन घरभाडा छुटको स्वघोषणा गर्न घरधनीहरुसंग माग गरिएको हो ।

संघले सार्वजनिक अपीलसँगै घरभाडा छुटका लागि आन्तरिकरुपमा घरधनीसँग छलफलसमेत चलाएको संघले जनाएको छ । आन्तरिकरुपमा केहि घरधनीहरुसंग सम्बाद गर्दै भाडा छुट वा मिनाहाका लागि आग्रह गरिएको संघका माहासचिव चिरन्जिबी ओलीले जानकारी दिए ।

संघले प्रकाशित गरेको बिज्ञप्तीमा विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण क्षेत्र अस्त व्यस्त बनेको उल्लेख छ । सरकारले भाडा छुटका लागि घरधनीलाई अपिल गरेपनि कार्यान्वयन हन नसकेको विज्ञप्तिमा भनिएको छ ।

संघले चलाएको अनौपचारीक बार्तामा कतिपय घरधनीहरुले ४० देखि ६० प्रतिशत सम्म घरभाडा छुट दिने आश्वासन दिएको महासचिव ओलीले बताए । संघका तर्फबाट विभिन्न निकायमा बैंक ब्याज, घर बहाल कर लगायत सहुलियत तथा छुटका पहल गरिएको उनले भने ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको