१३ असार २०८३, शनिबार | June 27, 2026

संविधान संशोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान हुँदै, दलहरुबीच अभूतपूर्व एकताको पुनः प्रदर्शन हुने



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मत पास भएको संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा बिहीबार मतदान हुँदैछ ।

भारतीय अतिक्रमणका विरुद्ध एकमत भएका सबै राजनीतिक दलहरु संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आज मतदान हुन लागेको हो ।

प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेको विधेयकलाई राष्ट्रिय सभामा असार १ गते पेश गरिएको थियो । सोही दिन सैद्धान्तिक छलफल सकेपछि संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर जारी गरेको नक्शालाई नेपालको निशान छापमा समावेश गर्न सरकारले संधिान संशोधन विधेयक–२०७७ संसदमा दर्ता गराएको थियो । प्रतिनिधिसभाबाट अभूतपूर्व एकताका साथ सर्वसम्मत पास भएको विधेयक राष्ट्रिय सभाबाट पनि सर्बसम्मतै पास हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय सभाबाट पनि दुई तिहाई बहुमतले विधेयक पास हुनुपर्छ । राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको मात्रै दुईतिहाई बहुमत रहेको छ ।

विधेयक पारित गर्न राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाले विधेयक पारित गरिसकेपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई पठाउनेछन् ।

राष्ट्रपतिले विधेयकलाई प्रमाणिकरण गरेपछि औपचारिक रुपमा विधेयक संविधानको अंग बन्नेछ । नेपालको नयाँ नक्शाले औपचारिक रुपमा संवैधानिक मान्यता पाउनेछ ।

नेपालमा संविधान संशोधन प्रक्रियालाई रोक्न खोजेको भारतले नेपालका राजनीतिक दलहरुबीच राष्ट्रियताका सवालमा देखिएको अभूतपर्व एकतताबाट मर्माहत भएको छ । फुटाउ र राज गरेको शैलीमा आजसम्म नेपालको राजनीतिमा खेल्दै आफ्ना स्वार्थहरु पुरा गरेको भारतका लागि यो राष्ट्रिय एकता ठूलो झड्का बनेको छ । त्यसैकारण, भारतले नेपालमाथि दबाब बढाउन सीमाको विषयमा वार्ता नै नगर्ने नीति अख्तियार गरेको छ । नेपाललाई दृश्यमा नदेखिने गरी चोट पुर्याएर पुनः गलाउने रणनीति भारतले लिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  १० : ०१ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को