१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

प्रधानमन्त्री ओलीको कोरोना भविष्यवाणी : साउन-भदौको पहिलो साता उच्च, फागुनसम्म नियन्त्रणमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनको अन्तिमतिर र भदौको सुरुमा कोरोना संक्रमण उच्चतम बिन्दूमा पुग्न सक्ने विश्लेषण गरेका छन् ।

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण चैत्रदेखि बैशाख मन्त्यसम्म भन्दा जेठमा महिनामा बढेको भन्दै साउनको अन्तसम्ममा पिकमा पुग्ने विश्लेषण गरेका हुन् ।

त्यसपछि भने केही समय विस्तारै संक्रमणको ग्राफ ओरालो लाग्ने उनको अनुमान छ । ओलीले भने ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ ।

ओलीले भने, ‘हाम्रा आनीबानी र व्यवहारले दशैँ तिहार र छठजस्ता पर्वले कोरोना झन् बढाउँछ भन्ने डर छ ।’ दशैं अघि घटेको ग्राफ चाडबाडमा बढेमा मंसिरमा फेरि चर्किन सक्ने प्रधानमन्त्री ओलीको अनुमान छ ।

आगामी पुष माघसम्ममा मात्र नियन्त्रण गर्नसक्ने प्रधानमन्त्रीको विश्वास छ । तर, यसका लागि संक्रमण रोक्नु र बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्नु आवश्यक हुने ओलीले बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ४ : ०७ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त