१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लुम्बिनी गुरुयोजना क्षेत्रको अध्ययन सुरु



कपिलवस्तु । लुम्बिनी विकास कोषको बोर्ड बैठकबाट गठित बिहार निर्माणको अवस्था अध्ययन उप–समितिले कामलाई तीव्रता दिए संगै बृहत लुम्बिनी गुरुयोजना क्षेत्र को वस्तुस्थितिको अध्ययन, अवलोकन तथा प्रतिवदेन लेखन कार्य सुरु गरिएको छ ।

सम्झौता भएर पनि बन्न बाँकी रहेका विहार तथा सम्झौता गरिएका ३ वटा होटेलहरुकोे स्थलगत अध्ययन गरी समितिले प्रतिवेदन तयार पार्न तयारी गरेको छ । ३ सदस्यीय उप समितिले एक हप्ताभित्र बाँकी रहेका विहारहरुको अवस्था अध्ययन गरी प्रतिवेदन तयार पारिने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य तथा प्रतिवेदन लेखन उपसमितिका संयोजक राजेश ज्ञवालीले बताएका छन । ज्ञवालीले बाँकी रहेका विहार निर्माणको वास्तविक अवस्था तथा लुम्बिनीमा रहेका विहारहरु बृहत लुम्बिनी गुरुयोजनाको मापदण्ड भित्र रहे नरहेको वास्तविक अवस्थाका साथै निर्माण कार्य सुरु नै नगरेका विहारहरुको स्थितिको प्रतिवेदन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाइने बताए । उनले प्रतिवेदनमा दिइने सल्लाह सुझाव मन्त्रालयले कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको भन्दै कायान्वयन पछि प्रतिवेदनको महत्व झनै बढ्ने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रतिवेदन लेखन उप–समितिका सदस्य सुरेन्द्र मुनी शाक्यले प्रतिवेदनले लुम्बिनीमा बाँकी रहेका विहारहरुको वास्तविक अवस्था स्पष्ट हुने हुँदा प्रतिवेदन तयार पार्न लागेको बताए ।

लुम्बिनी विकाष कोषका पार्षद् सदस्य बैजनाथ साहनीले प्रतिवेदन तयार हुनु महत्वपूर्ण भएकोले प्रतिवेदन थन्काउने भन्दा पनि प्रतिवेदनमा दिइने सुझाव सल्लाहहरु कार्यान्वयन हुनुपर्ने बताए । प्रतिवेदन लेखन समितिमा मन्त्रालयका प्रतिनिधि उपसचिव दुर्गा भुर्तेल समेत रहेका छन् । प्रतिवेदन तयार पार्न विशेष सहयोगीको रुपमा लुम्बिनी विकास कोषका कर्मचारी खगेन्द्र काफ्ले र कृष्ण प्रसाद पौडेलले कार्य गरेका छन ।

भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४ दशकसम्म पनि अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्ष भित्र पूरा गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो । गुरुयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरु निर्माण भइसके पनि कतिपय महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य अझै बाँकी रहेको छ । गुरुयोजनाको अझै करिब २० प्रतिशत काम बाँकी रहेको लुम्बिनी विकाश कोषले जनाएको छ ।

जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् भने कतिपय देशका मन्दिरहरु निर्माणको क्रममा रहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ४० बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams