१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

नेकपा र चिनियाँ कम्युनिष्ट नेताहरुबीच बृहत अन्तक्रिया हुँदै, दुवैतिरका एकसय बढी नेता सहभागी हुने



काठमाडौं । नेपाल र भारतबीच एवं भारत र चीनबीच सीमा विवाद बढिरहेको समयकै बीच नेपाल र चीनका कम्युनिष्ठ नेताहरुबीच वृहत छलफल हुनलागेको छ ।

यो छलफलमा सीमाको विषय एजेण्डा नबने पनि दुई कम्युनिष्ट पार्टीबीको छलफलले भारतको थप टाउको दुखाउने भने पक्का देखिन्छ । नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला हुन लागेको छलफलले नेपालमा चिनियाँ प्रभाव बढ्न थालेको भन्ने भारतीय प्रपोगाण्डालाई केही मसला थपिने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु भिडियो छलफलमा सहभागी हुन लागेका हुन् ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागको संयुक्त आयोजनामा राखिएको भर्चुअल छलफलमा शुभकामना आदानप्रदान गर्ने र एक अकाएका अनुभवहरु साटासाट हुने बताइएको छ ।

छलफलको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गदैैछन् । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना दिनेछन् ।

यसअघि आठ महिना अघि चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमण हुनु केही दिन पहिले दुई मुलुकका कम्युनिष्ट पार्टीको विदेश विभागबीच काठमाडौंमा महत्वपूर्ण अन्तक्र्रिया भएको थियो । अन्तक्र्रियापछि ६ बुँदे सम्झौता समेत भएको थियो ।

आजको छलफलमा नेकपाका करिब एक सय नेताहरु सहभागी हुनेछ भने चिनियाँ कम्युनिष्ट पार्टीका पनि त्यतिकै संख्यामा नेताहरु रहने बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ लगायतका नेताहरू चिनियाँ पक्षाट सहभागी हुनेछन्।

अन्तरक्रियामा कोभिड –१९ विरुद्धको लडाइँमा चीनको अनुभव, सुशासन र भ्रष्टचार नियन्त्रणका अनुभव आदानप्रदान हुनेछ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : ४८ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country