५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ज्युँदो छोरालाई खाल्डोमा पुरेको आरोपमा बाबु प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीमा शुक्रबार आफ्नै बाबुले ८ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले आज बिहानै तिलोत्तमा ४ स्थित मगराघाट नजिकैको झाडीमा बोरामा राखेर बालक गाड्दै गरेको देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सुचनाको आधारमा घटनास्थल पुगेर प्रहरीले खाल्डोबाट बालक निकालेर लुम्बिनी प्रादेशीक अस्पताल पु¥याएको थियो । अस्पतालले बालकको मृत्यु भईसकेको घोषणा गरेपछि प्रहरीले मृतक बालकका बाबु राजु परियारलाई नियन्त्रणमा लिएको छ ।
२ दिन देखि बिरामी भएका छोरालाई उपचार गर्न अस्पताल नलगि घरमै राखेको र गय राती मृत्यु भएको भन्दै परिवारको ४ जनाले मात्र बिहान तिलोत्तमा ४ को झाडीमा गाड्न लैजांदा स्थानीयलाई शंका लागेर प्रहरीलाई खबर गरेको बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र खनालले बताए । प्रहरी नियन्त्रणमा रहेका राजु परियार बुटवल ११ प्रगतिनगरका स्थायी बासिन्दा हुन् । उनले बालकलाई गाड्न भने तिलोत्तमा पु¥याएका थिए ।

घरमै उपचारका क्रममा छोराको मृत्यु भएपछि खाल्डो खनेर गाडेको नियन्त्रणमा रहेका परियारले प्रहरी समक्ष स्विकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलमा नायव प्रहरी उपरिक्षक प्रतितसिंह राठौरले बताए ।

घरमा कसैको मृत्यु हुंदा टोल छिमेकलाई खबर गरिन्छ, मलामी बोलाईन्छ, तर राजुले कसैलाई नभनी घर परिवारमात्र बालक गाड्न गएछन् । वडा अध्यक्ष खनालले बताए । एका बिहानै ४ जनाले खाल्डो खनेर बालक गाडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका रहेछन् उनले भने ।

गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गाड्यो भन्ने खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेर बालकलाई खाल्डोबाट निकालेर अस्पताल पु¥याईएपनि बचाउन सकिएन डिएसपी राठौरले भने । उनले पोष्टमार्टम रिपोर्ट पछि नै घटनाको बिषयमा भन्न सकिने बताए ।

फोटो सौजन्य : यमुना चौधरी

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ३ : ३९ बजे

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर