४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

ज्युँदो छोरालाई खाल्डोमा पुरेको आरोपमा बाबु प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीमा शुक्रबार आफ्नै बाबुले ८ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गाडेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले आज बिहानै तिलोत्तमा ४ स्थित मगराघाट नजिकैको झाडीमा बोरामा राखेर बालक गाड्दै गरेको देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सुचनाको आधारमा घटनास्थल पुगेर प्रहरीले खाल्डोबाट बालक निकालेर लुम्बिनी प्रादेशीक अस्पताल पु¥याएको थियो । अस्पतालले बालकको मृत्यु भईसकेको घोषणा गरेपछि प्रहरीले मृतक बालकका बाबु राजु परियारलाई नियन्त्रणमा लिएको छ ।
२ दिन देखि बिरामी भएका छोरालाई उपचार गर्न अस्पताल नलगि घरमै राखेको र गय राती मृत्यु भएको भन्दै परिवारको ४ जनाले मात्र बिहान तिलोत्तमा ४ को झाडीमा गाड्न लैजांदा स्थानीयलाई शंका लागेर प्रहरीलाई खबर गरेको बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र खनालले बताए । प्रहरी नियन्त्रणमा रहेका राजु परियार बुटवल ११ प्रगतिनगरका स्थायी बासिन्दा हुन् । उनले बालकलाई गाड्न भने तिलोत्तमा पु¥याएका थिए ।

घरमै उपचारका क्रममा छोराको मृत्यु भएपछि खाल्डो खनेर गाडेको नियन्त्रणमा रहेका परियारले प्रहरी समक्ष स्विकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलमा नायव प्रहरी उपरिक्षक प्रतितसिंह राठौरले बताए ।

घरमा कसैको मृत्यु हुंदा टोल छिमेकलाई खबर गरिन्छ, मलामी बोलाईन्छ, तर राजुले कसैलाई नभनी घर परिवारमात्र बालक गाड्न गएछन् । वडा अध्यक्ष खनालले बताए । एका बिहानै ४ जनाले खाल्डो खनेर बालक गाडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका रहेछन् उनले भने ।

गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गाड्यो भन्ने खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेर बालकलाई खाल्डोबाट निकालेर अस्पताल पु¥याईएपनि बचाउन सकिएन डिएसपी राठौरले भने । उनले पोष्टमार्टम रिपोर्ट पछि नै घटनाको बिषयमा भन्न सकिने बताए ।

फोटो सौजन्य : यमुना चौधरी

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ३ : ३९ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म