८ बैशाख २०८३, मंगलबार | April 21, 2026

प्रदेश ५ मा पहिलो विशिष्टिकृत सहकारी स्थापना



बुटवल । प्रदेश नम्बर ५ मा पहिलो प्रदेश स्तरको सहकारी संस्थाले बैधानीकता पाएको छ । संशोधित सहकारी ऐन अनुसार नेपालको दोस्रो र प्रदेशको पहिलो विशिष्टिकृत सहकारी संघको रूपमा लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेडले मान्यता पाएको छ ।

प्रदेश ५ भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा आयोजित कार्यक्रममा लुम्बिनी बिशिष्टिकृत सहकारी संस्थालाई प्रदेशको पहिलो बिशिष्टिकृत सहकारीकारुपमा कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रमाणपत्र प्रदान गरेकी थिईन् ।

प्रमाणपत्र बितरण गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एकलागि सबै, सबैका लागि एक भन्ने सहकारीको मुलमन्त्रलाई आत्मसाथ गर्दै प्रदेशमा उत्कृष्ठ काम गर्ने सहकारी बन्न शुभकामना दिईन् । उनले नयां परिवेशमा नयां कामको थालनि भएकाले सिक्दै र परिस्कृत हुंदै जानेगरि काम गर्न आवश्यक रहेको बताईन् ।

प्रदेश नम्बर ५ का १०वटा जिल्ला कार्यक्षेत्र रहनेगरी विभिन्न प्रकृतिका ५१ वटा प्रारम्भिक सहकारी संस्थाहरुको संलग्नता एवं प्रारम्भिक लगानीमा विशिष्टिकृत सहकारी संघ लिमिटेड स्थापना भएको हो । सहकारीले उच्चस्तरको प्रशोधन प्रविधिको प्रयोग गरी दूधलाई प्रशोधन गरेर गुणस्तरीय दूध आपूर्ति गर्ने तथा दूधका अन्य विभिन्न परिकारहरु समेत तयार गरी बजारमा लैजाने लक्ष्य लिएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्षखगराज शर्माले प्रदेश अन्तर्गतका रुपन्देही सहित विभिन्न जिल्लामा रहेका दुग्ध उत्पादन सहकारीका अलावा अन्य विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई आवद्ध गरी आवश्यक पुँजी जुटाउने तथा आम सहकारीहरूलाई पुन थप अपनत्व दिलाउने कामको थालनी गर्ने प्रतिबद्धता ब्यक्त गरे । सहकारीले डेढ देखि, दुई वर्ष भित्रमा उत्पादनलाई बजारसम्म लैजाने गरी अभियान थालिएको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : १८ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई