२ असार २०८२, सोमबार | June 16, 2025

नेकपाको निस्कर्ष : वैवाहिक अंगीकृत नागरिकता विवाहको ७ वर्षपछि मात्रै



काठमाडौं । नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई सातवर्षसम्म नागरिकता प्रदान नदिन सत्तारूढ नेकपामा एकमत बनेको छ ।

विदेशी महिलाले विहे लगत्तै नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्यवस्था परिवर्तन गर्न नेकपामा सहमति बनेको हो । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच सात वर्षपछि मात्र नागरिकता दिने सहमति बनेको हो ।

अन्तरिम संविधान २०६३ अनुसार बनेको नागरिकता कानुनले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न छुट दिएको थियो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक २ वर्षदेखि विवादित रूपमा अड्किएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे बालुवाटार नेताहरूबीच छलफल भएको थियो । त्यसक्रममा, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्न ढिला गर्न नहुने गर्ने बताएका थिए ।

बैठकमा सहभागी सांसदहरूले संसदीय समितिमा रहेको विवाह गरेको ७ वर्षपछि वैवाहिक नागरिकता दिने प्रस्तावमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सहमति जनाए ।

बालुवाटार बैठकमा नेकपाको तर्फबाट राज्यव्यवस्था तथा सुहासन समितिमा रहेका सांसदहरूले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्नेमा एकमत भएको सांसद विजय सुब्बाले बताए ।
सुब्बाका अनुसार प्रधानमन्त्री ओलीले फिजी, मरिससको उदाहरण दिँदै नागरिकतामा नेपाल कठोर बन्नुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष प्रचण्डले पनि नागरिकतको वर्तमान प्रावधान
परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए । राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइ थिय‍ो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने विदेशी बुहारी ल्याउने वित्तिकै उसले चाहेमा वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान राखेको छ ।

तर, नेकपामा एकमत भैसकेपछि विधेयकमा काँग्रेसको समर्थन नभएपनि अघि बढ्ने देखिएको छ । संसदमा नेकपाको सहज बहुमत छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : १९ बजे

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन

धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा

काठमाडौं । तीनकुने घटनामा मुछिएका राप्रपाका सांसद धवलशम्शेर राणा तीन

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजमा

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको