४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेको कोहलपुरमा भेटियो बेवारिसे शव



नेपालगञ्ज । बाँकेको कोहलपुर स्थित बन कार्यालय अगाडीको प्रतिक्षलयमा शनिबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कोहलपुर(११ को न्युरोड चोक नजिक रहेको कोहलपुर सव(डिभिजन वन कार्यालयको अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । स्थानीयबासीले खबर गरेपछि प्रहरीले फेला परेको शवका बिषयमा अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पहिचान नखुलेका अन्दाजी ४४र४५ बर्षका देखिने ती व्यक्तिको आफन्तको खोजी गरिरहेको उनले जानकारी दिए । प्रहरीले मृतकको शवलाई आवश्यक प्रक्रिया पुर्‍याएर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ ।

स्थानीयका अनुसार उनी केही समयदेखि सोही क्षेत्रमा नै मागेर हिड्ने गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको