२२ माघ २०७९, आइतबार | February 6, 2023

विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने नेकपाको निर्णय



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई बिहे गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी बुहारीले ७ वर्ष पछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने विषयमा सहमति जुटाएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विगत दुई वर्षदेखि विवादित रुपमा रहेको नागरिकता विधेयकलाई टुंगो लगाउने गरी नेकपाको निर्णय आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने विदेशी बुहारीले बिहे गरे लगत्तै उसले चाहेमा अंगीकृत नागरिकता दिइने अहिलेकै कानुन यथावत राख्ने अडान राखेको थियो ।

नेकपा सचिवालय बैठकले विदेशी ज्वाईंलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपाका महिला संसादहरुको मागलाई भने अस्वीकार गरेको छ । शुक्रबार साँझ बसेको नेकपा अध्यक्षद्वयसहित राज्यव्यवस्था तथा सुशासन समितिमा रहेका सांसदहरुबीच भएको छलफलमा नेपाललाई नागरिकता वितरण गर्ने मुलुक बनाएर फिजी जस्तो बनाउन नसकिने स्पष्ट पारेका थिए ।

‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए  ।

नागरिकताको विषय राष्ट्रियतासँग जोडिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गम्भीर बन्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १२ : ०९ बजे

७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो उपमहानगर सम्मेलन

बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको

माघ २९ गतेका लागि एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल

बालुवाटारमा नेत्रविक्रम चन्द ‘विप्लव’र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर

रवि लामिछानेको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्रकार सममेलनमा