४ पुस २०८२, शुक्रबार | December 19, 2025

बेलायतको एक पार्कमा अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा तीनजनाको मृत्यु



एजेन्सी । बेलायतको रिडिङ्गमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा तीनजनाको ज्यान गएको छ ।

रिडिङ्गको पार्कमा भएको घटनामा अरु केही घाइते भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती व्यक्ति लिबियन नागरिक रहेको अनुमान छ । प्रतिआतंकवादका अधिकारीहरु घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको जनाइएको छ ।

आक्रमण किन भएको हो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर घटना भएको हो । कम्तिमा तीनजनाको ज्यान गएको भनिए पनि अहिलेसम्म प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।

पार्कमा रहेका मानिसहरुमाथि एक व्यक्तिले चक्कु प्रहार गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले घटनाको गम्भीर निन्दा गर्दै प्रभावित भएकाहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको