१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना प्रभावित धारामा आउने भन्दै छोडेको करेन्ट लागेर एकको मृत्यु



डोटी । डोटीको आदर्श गाउँपालिका-७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन् । आदर्श–७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी बाघ धारामा नुहाउन गएकी थिइन् ।

सोही बेलामा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले जानकारी दिनुभयो । सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन् । किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर राखेको छ ।

शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो ।

मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशील थिइन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ३९ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत